सरकारले एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले भोलीबाट सुरु हुने भनिएको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । नेकपा सचिवालय बैठकमा समन्वय समतिका संयोजक समेत रहनुभएका ईश्वर पोखरेलले समन्वय समितिले गरेका निर्णय र अहिलेको अवस्थाका विषयमा जानकारी गराएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई परीक्षा सञ्चालन गर्दा जोखिम बढ्न सक्ने भन्दै परीक्षा स्थगित गर्न निर्देशन दिनुभएको पोखरेलले बताउनुभयो । सरकारले एसईई परीक्षा लगायत विश्वविद्यालयहरुले लिने परीक्षाहरु समेत स्थगित गरेको जानकारी पोखरेलले दिनुभयो ।