ओमोडा एन्ड जेइकोले मनायो ८ सयभन्दा बढी सवारी साधन बिक्री भएकोमा उत्सव

काठमाडौं । ओमोडा एन्ड जेइको अटोमोबाइल्स प्रा लिले नेपालमा ठुलो परिमाणमा सवारी साधन विक्री भएको दावी गदैं उत्सव मनाएको छ । कम्पनीले ८०० भन्दा बढी सवारीसाधन बिक्री भएको दावी गरेको छ । कम्पनीले काठमाडौंको उत्तरढोका स्थित सोरूममा एक कार्यक्रम आयोजना गरी उत्सव मनाएको हो । सवारी साधन विक्रीमा उल्लेखनीय उपलब्धि हासिल गरेको कम्पनीले जनाएको छ । सडकमा ८ सयभन्दा बढी सवारी साधन पुग्नु भनेको ग्राहकहरूको विश्वास र भरोसाको प्रतिफल रहेको कम्पनीले जनाएको छ । ओमोडा एन्ड जेइकोले नवप्रवर्तन र गुणस्तरमा प्रतिबद्ध रहँदै नेपाली बजारका आवश्यकता अनुसार उत्कृष्ट अटोमोटिभ समाधान दिन निरन्तर काम गरिरहेको बताएको छ । कम्पनीले महत्वपूर्ण उपलब्धि हासिल गर्न सहयोग पु¥याउने सबैप्रति आभार प्रकट पनि गरेको छ ।
कार्यक्रममा प्रतिष्ठित क्रिकेट खेलाडी एवं ओमोडा एन्ड जेइकोका ब्रान्ड एम्बासडर दीपेन्द्र सिंह ऐरी, एसपीजी टिमीबाट गौरव शारडा लगायतको उपस्थिति रकेको थियो ।

Spread the love