ओम मेगाश्री फर्मास्यूटिकल्सले माघ २१ गतेदेखि आईपीओ निष्काशन गर्ने

ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले माघ २१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
कम्पनीले ९० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ५४ हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याएको छ । १४ लाख ७६ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले फागु ५ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

 

Spread the love