नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष तथा सांसद विनोद चौधरीले औद्योगिक क्षेत्र निर्माण गर्दा निजी क्षेत्रलाई मुख्य साझेदारी बनाउनुपर्ने बताउनुभएको छ । आईतवार उद्योग परिसंघको १९ औं साधारण सभाको उद्घाटन समारोहमा बोल्दै चौधरीले औद्योगिक क्षेत्र व्यवस्थित र प्रतिष्पर्धी बनाउनको लागि निजी सरकारी साझेदारी अवधारणा अनुसार औद्योगिक क्षेत्र निर्माण गर्दा निजी क्षेत्रलाई मुख्य साझेदारी बनाउनुपर्ने बताउनुपर्ने बताउनुभएको हो । उहाँले विगतदेखि घोषणा भएका औद्योगिक क्षेत्रहरुको पृष्ठभूमि सकारात्मक खालको नभएको बताउनु भयो । सांसद चौधरीले खालि औद्योगिक क्षेत्रको नाममा पर्खालको घेरा लगाएर औद्योगिक क्षेत्रको नाम दिँदैमा औद्योगिक क्षेत्र जीवन्त नहुने दाबी गर्नुभयो ।
चौधरीले सरकारले निर्यात उद्योगलाई विगतदेखि अनुदान दिँदै आएपनि अनुदान दिए अनुसार निर्यात बढ्न नसकेको बताउनु भयो । उहाँले अनुदान भन्दापनि निर्यातको लागि उत्पादन विशेष हुने बताउनु भयो ।

Latest posts by Business TV Nepal (see all)
- समाजका हरेक गतिविधिमा महिला सहभागिता अनिवार्य छ ः प्रधानमन्त्री दाहाल - March 25, 2023
- रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण अलपत्र - March 25, 2023
- आर्थिक मन्दीका कारण सुनसान बाँके बजार - March 25, 2023
Comment here