कतार सरकारद्धारा नेपाललाई अक्सिजन उत्पादन गर्ने ट्यांकर प्रदान

कतार सरकारले नेपाललाई अक्सिजन उत्पादन गर्ने ट्यांकर उपलब्ध गराएको छ । कतार सरकारका तर्फबाट नेपालका लागि कतारी राजदुत महामहिम युसुफ मोहम्मद अल हैलले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेललाई हस्तान्तरण गर्नुभयो । आगामी दिनमा नेपाललाई अक्सिजनकै लागि कठिनाइको सामना गर्न नपरोस् भनेर कतारले नेपाललाई अक्सिजन उत्पादन गर्ने ट्यांकर उपलब्ध गराएको हो ।

अक्सिजन ट्यांकर २ करोड ४६ लाख नेपाली रूपैंया बराबरको हो । कतार फण्ड फर डेभलपमेन्टले चीनबाट खरिद गरी नेपाल पठाएको ४० फिट लम्बाइ तथा १३ हजार ५ सय किलो वजनको ट्यांकरको कागजात सचिव पोखरेललाई हस्तान्तरण गर्दै राजदूत अल(हैलले कतार सरकार नेपाल सरकारलाई सबै क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताउनुभयो । उहांले कतार सरकार कोरोना महामारीसंग जुध्न सदैव नेपाल सरकारको साथमा रहको बताउनुभयो ।

ट्यांकर हस्तान्तरणको कागजात बुझ्दै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले कतारले महामारीसंग जुध्न गरेको सहयोगको लागि धन्यवाद दिनुभयो । कतार फण्ड फर डेभलपमेन्टले यसअधि कोरोना महामरीसंग जुध्न विभिन्न खाले स्वास्थ्य सामग्री, भेन्टिलेर, अक्सजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ ।

Spread the love

Comment here