कर्णालीमा हिउँ पर्यो, ताल्चा विमानस्थल बन्द

मुगु ।बिहीबार विहानदेखि कर्णालीका जिल्लाहरुमा हिमपात भएको छ । मुगु, हुम्ला ,डोल्पा, जुम्ला, कालिकोट लगायतका जिल्लामा हिमपात भएपछि अधिक चिसो बढेको छ ।
हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।हिउँदे अन्न वाली जौं ,गहुँ ,प्रभावित भएको छ । माघको पहिलो साता भएपनि हिउँपर्दा कृषक खुशी भएको कृषक कुम्बरसिह खड्काले बताए ।


विहीबार दिउँसो मुगुको सदरमुकाममा बर्षा समेत भएको छ भने माथिल्लो उच्च भेगमा दुई फुटसम्म हिमपात भइरहेको छ । जसका कारण गाईबस्तु चरनका लागि समस्या भएको छ । हिमपातका कारण ताल्चा विमानस्थलमा नियमित उडान प्रभावित भएको छ ।

Spread the love