काङ्ग्रेस, एमाले र माओवादीका युवाहरु सबै हामीसँगै आउनुहोस : सांसद सिंह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक सिंहलेकाङ्ग्रेस, एमाले र माओवादीले दुई दशक सरकार चलाएपनि देशलाई केही दिन नसकेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित बृहत खबरदारी सभालाई सम्बोधन गर्दै उनले ४, पाँट पटक प्रधानमन्त्री बनेर सरकार चलाए पनि राष्ट्र र जनतालाई केही दिन नसकेको भन्दै काङ्ग्रेस, एमाले र माओवादीका युवाहरुलेमिलेर देशलाई सहि दिशामा लान आग्रह गरे ।
यस्तै, उनले देश समाप्त हुने अवस्थामा पु¥याएको रभ्रष्टचारले डुबाएको भन्दै राष्ट्र बैंकको गभर्नर एक महिना अगाडि नियुक्ति गर्ने तयारी गर्नुपर्ने आजसम्म पनि भाउताउ मिलाइरहेको बताए ।
नौं महिनासम्म अस्पतालमा औषधी उपचार गर्नका लागि बस्ने अशक्त, मानसिक अवस्था बिग्रिएको मान्छेहरुले देश कहाँलैजान्छन् भन्नेठेगान नभएको पनि उनको भनाई छ ।

Spread the love