काठमाडौं—तराई/मधेश द्रुत मार्गका लागि चालू आर्थिक वर्ष भित्रै थप बजेट दिन सकिदैन : सहसचिव थापा

पौष २८ ,काठमाडौं ।  निम्बसले कर्पोरेट उत्कृष्ठताको लागि कृषी उद्यमसमुहमा एचआरएम अवार्ड फर कर्पोरेट एक्सीलेन्स २०२१ जितेको छ ।

काठमाडौंमा हालै आयोजित विशेष समारोहका बीच आयोजित प्रथम ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिीलेन्स २०२१’ मा निम्बसले उक्त उपाधी हात पारेको हो । अवार्ड जितेपछि निम्बसले कम्पनीको अनुपम र प्रगतिशील विकाशका साथै समग्र नेपालको कृषि क्षेत्रमा पर्‍याएको योगदानलाई सम्मान गरेको बताएको छ । निम्बसका कार्यकारी अध्यक्ष आनन्द बगरियाले निम्बसले कृषिजन्य उद्योग मार्फत कर्पाेरेट संस्कारको शुरुवात गरेको र यसको श्रेय हाम्रा गा्रहकहरु तथा लगनशील कर्मचारीहरु भएको बताउनु भयो ।

साथै कृषि उद्यम मार्फत आफुलाई यस क्षेत्रमा अझ दृढताका साथ लाग्न यस अवार्डले हौसला प्रदान गरेको बताउनू भयो । उहाँले भन्नुभयो  ,’यो अवार्ड हामीले यस वर्ष मात्र नभई विगतको वर्षहरुमा गरिएको कडा परिश्रमको तयारीको परिणाम हो । आज हामी जहाँ छांै त्यो एकचोटी सम्भव भएको होइन । यो हामीले शुरुका अवस्थामा राखिएको दुरदृष्टि र लक्ष्य प्रतिको लगनशिलता तथा विगतका दिनहरुमा गरिएको तयारीको परिणाम हो ‘।

Spread the love