काठमाडौं महानगरपालिकाले विदेशबाट आएका नागरिकहरुको ¥यापिड टेष्ट थालेको छ । विभिन्न मुलुकबाट आएर महानगरपालिका भित्र बसोबास गरिरहेका नागरिकहरुको ¥यापिड टेष्ट थालिएको हो । आइतबार कालिमाटीमा वडा नम्बर १२, १३ र १४ मा बसोबास गरिरहेका नागरिकहरुको परीक्षण गरिएको महानगरपालिकाले जनाएको छ । विदेशबाट आएका व्यक्ति भन्ने वित्तिकै त्रास फैलिरहेको त्रासलाई परीक्षणले कम गर्ने मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो । उहाँे भन्नुभयो, विदेशबाट आएका नागरिक भन्ने वित्तिकै डर फैलिएको छ । उनीहरुले पनि आफु ठिक छु भन्न सक्छन् र अरुलाई पनि बेठिक हुन दिन्न भन्न सकिने हुनाले परीक्षण सुरु गरिएको हो । मेयर शक्यले विदेशबाट आएका नागरिकहरुलाई परीक्षण गराएर सहयोग गर्न पनि आग्रह गर्नुभएको छ ।
आइतबार नै महानगरको वडा नम्बर २६ र १६ मा परीक्षण गरिनेछ । विदेशबाट आएका नागरिकहरुले आफ्नो पायक पर्ने वडामा गएर परीक्षण गर्न सक्नेछन् । विश्व महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण नेपालमा विदेशबाट आएका नागरिकमा नै देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले २९ जना कोरोना पोजेटिभ देखिएका व्यक्ति उपचाररत रहेका छन् । २ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।