सरकारले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका सम्पूणर् खेलाडीहरुलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । शुक्रवार विजेता टोलीलाई सरकारी निवास बालुवाटारमा बोलाएर उहाँहरुलाई बधाई दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले विजेता खेलाडीहरुलाई जनही तीन लाख रुपैयाँ दिने बताउनुभएको हो । उहाँले कीर्तिपुर मैदानमा तत्काल आधुनिक फ्लट लाइट र स्कोर बोर्ड जडान गर्नपनि राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिनुभयो । प्रधानमन्त्री दाहालले सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माण कार्य तिब्रताका साथ अघि बढाउन सरकारको तर्फबाट प्रयास भइरहेको बताउनु भयो ।
प्रधानमन्त्री दाहालले चितवनमा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाका समस्या समाधान गरी सरकारले तिब्र गतिमा काम अघि बढाइरहेको बताउनु भयो ।

Latest posts by Business TV Nepal (see all)
- समाजका हरेक गतिविधिमा महिला सहभागिता अनिवार्य छ ः प्रधानमन्त्री दाहाल - March 25, 2023
- रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण अलपत्र - March 25, 2023
- आर्थिक मन्दीका कारण सुनसान बाँके बजार - March 25, 2023
Comment here