नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नीजी क्षेत्रलाई कुनै पनि बहानामा अब निजी क्षेत्रलाई अध्याँरोमा राखेर उज्यालो सम्भव नभएको बताउनु भएको छ । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले नीजी क्षेत्रलाई कुनै पनि बहानामा अब निजी क्षेत्रलाई अध्याँरोमा राखेर उज्यालो सम्भव नभएको बताउनु भएको हो । उहाँले अध्याँरोमा राखेर उज्यालो मात्रै नभएर नीजि क्षेत्रलाई हतोत्साही गर्न नहुने बताउनु भयो । अध्यक्ष गोल्छाले अर्थतन्त्रको पछिल्लो समय सरकारबाट भइरहेका ऊर्जा, ब्याजदर आदि उत्पादन लागत बढाउने विषयमा एकतर्फी निणर्यले कसैलाई फाइदा नपुग्ने बताउनु भयो । उहाँले कोभिडपछि पर्यटन आय ८० प्रतिशतले घटेको बताउनु भयो । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रेमिट्यान्स आप्रवाह र वस्तु व्यापार घाटाबीचको फरक ५२९ अर्ब रुपैयाँ पुगिसकेकाले अब रेमिट्यान्सले घाटा थेग्न नसक्ने अध्यक्ष गोल्छाले बताउनु भयो ।

त्यस्तै, महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत प्राधिकरणकै लापरबाहीबाट अहिले विद्युत संकट आएको बताउनु भयो । उहाँले अहिले पनि उत्पादन भएको २७ मेगावट विद्युत प्रसारणलाइन नजोडिएको बताउनु भयो । अहिले भारतबाट महँगोमा विद्युत खरिद गर्न खोजे पनि किन्न नसकेको अवस्था रहेको उहाँले बताउनु भयो ।
वरिष्ठ उपाध्यक्ष ढकालले गत वर्षको बजेटमा २०० मेगावट बढी विद्युत उत्पादन गर्न सहुलियत दिए जस्तै यो वर्षको बजेटमा ५० मेगावट माथिको लागि पनि सहुलियत दिनु पर्ने माग राख्नु भयो ।
Latest posts by Business TV Nepal (see all)
- सबै नागरिकले स्वास्थ्योपचार राम्रोसँग पाउनसक्ने ग्यारेन्टीसहितको नीति बनाउन आवश्यकः विज्ञहरु - February 4, 2023
- बैंक एकाउन्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न ८ जना पक्राउ - February 3, 2023
- एनआरएस स्पोर्ट्स फाउण्डेशनले रन फर ओबेसिटी म्याराथन फागुन २० गते हुने - February 3, 2023
Comment here