काठमाडौं । संघीय निजामती सेवा विधेयक २०८० को कुलिङ पिरियड सम्बन्धी छेडखानीलाई हल गर्न संसदीय छानबिन समिति गठन गर्ने भएको छ ।
शनिबार सभामुख सँग बसेको प्रमुख सचेतकहरुको छलफलले विशेष छानविन समिति गठन गर्ने निर्णय भएको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)काप्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए ।
शाहीका अनुसार आजको बैठकमा आगामी बैठकहरु न्या क्यालेन्डरमा कहिले राख्ने र कुनकुन विध्येकहरु लिएर जाने भन्ने विषयमा पनि छलफल भएको थियो ।
‘आजको बैठकमा पहिलो निर्णय आगामी बैठकहरु न्या क्यालेन्डरमा कहिले राख्ने र कुनकुन विध्येकहरु लिएर जाने भन्ने विषयमा पनि छलफल भयो । र दोस्रो विषय संघीय निजामती ऐन माथिको छेडखानी भयो ऐनमा त्रुटि भएको भन्ने कुरालाई संसदिय उच्चस्तरीय विशेष छानबिन समिति गर्ने निर्णय भएको छ यो पारीत चै २३ गतेको संसद बैठकबाट हुन्छ,उनले भने ।