कुवेतबाट आयो ३४ करोडभन्दा बढी क्षतिपूर्ति

काठमाडौँ । कुवेतस्थित नेपाली दूतावासले विगतका वर्षहरूमा मृत्यु तथा दुर्घटनामा परेका नेपाली कामदारका परिवारका लागि ३४ करोड ३५ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति रकम नेपाल पठाएको जनाएको छ । दूतावासका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कानुन व्यवसायीको सहयोगमा ७३ हजार ८ सय ४७ कुवेती दिनार (बिमा रकम, बाँकी तलब, सेवापश्चात पाउने सुविधा र मानवीय सहायता) संकलन गरी परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागमार्फत कानुनी हकदारसम्म पु¥याउने प्रक्रिया अघि बढाइएको हो । झापा, नवलपरासी पूर्व, बारा, मोरङ, सप्तरी, गोरखा, धनुषा, काभ्रेपलाञ्चोक र चितवनका पीडित परिवारहरू उक्त रकमका लाभग्राही छन् । विशेषगरी वैदेशिक रोजगारीका क्रममा दुर्घटना, मृत्यु वा जबर्जस्ती काम छुटाइएका श्रमिकले पाउने रकम कानुनी पहल र दूतावासको सक्रियता नहुँदा रोजगारदाताले कब्जा गर्ने प्रवृत्ति देखिँदै आएको सन्दर्भमा यो पहललाई श्रमिक हक संरक्षणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

Spread the love