कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरतादिनआग्रह

काठमाडौं । कृषितथा पशुपन्छी विकास मन्त्री रामनाथअधिकारीले नेपालको कृषि क्षेत्रमा इजरायलले गर्दे आएको सहयोग आगामीदिनमापनि निरन्तर रहने अपेक्षाव्यक्तगरेका छन् ।
आजसिहंदरवार स्थित मन्त्रालयमा नेपालकालागि इजरायलका राजदुत स्मुलिकबाससँग भएको शिष्टाचार भेटवार्तामा मन्त्रीअधिकारीले नेपाल र इजरायलबीच ६५ वर्ष देखिको मैत्रीपुर्ण सम्वन्ध रहिआएको उल्लेख गर्दै दुई मूलूकबीचभएको कृषि क्षेत्रमा सहकार्य सम्वन्धी सम्झौतानवीकरणका लागिपहल गर्न राजदुत समक्षआग्रहगरेका हुन् ।
मन्त्रीअधिकारीले नेपाल र इजरायलवीच सम्झौताभई कार्यन्वयनमाआएको ‘कमाउ र सिक’कार्यक्रमले नेपालीयुवाहरुलाई अवसर सृजना गरेको भन्दै यसलाई पुनः निरन्तरतादिनआग्रह गरे ।
इजरायलले नेपालीविधार्थीहरुलाई उपलब्ध गराउदै आएको छात्रवृतिले नेपालको कृषि क्षेत्रमा महत्वपुर्ण सहयोग पुगेको भन्दै मन्त्रीअधिकारीले नेपालको कृषिको विकासकालागि इजरायल सरकारसँग भएको सम्झौताअनुरुप सेन्टर फर एक्सीलेन्स स्थापनाकालागि क्षेत्रहरुको छनौट भैसकेकाले सेन्टर स्थापनाकालागिपहल गर्न राजदुत समक्षआग्रह गरेका छन् ।
यस्तै, उनले करिव ५ हजार नेपालीहरु हाल इजरायलमाकार्यरत रहेको र यसवाट उनीहरुको जिवनस्तरमा समेत सुधार आएको भन्दै आगामीदिनमा देश र जनताको पारस्परिक हितकालागिबहुपक्षीय सहयोग जारी रहने अपेक्षाव्यक्तगरे ।
त्यस क्रममा राजदुत बासले इजरायलले नेपालको कृषि क्षेत्रमाप्रविधि हस्तान्तरण मार्फत आगामीदिनमाथप सहकार्य गर्न चाहेको बताए । राजदुतले यसै वर्ष नेपालले छनौट गरेका क्षेत्रमा कृषिकालागि सेन्टर फर एक्सीलेन्स स्थापनाकालागिपहल गर्ने प्रतिबद्घतापनिव्यक्त गरेको छ ।
कृषि क्षेत्रमा नेपालीकामदार लैजान सकिने सम्भावना रहेको भन्दै राजदुतले कृषि क्षेत्रको विकासकालागिविगतमादुई देशबीचभएका सहमतीहरुको कार्यान्वयनमाआफुले ध्यानदिने पनि राजदुतले बताए।

Spread the love