‘केपी ओली कप २०८१’ आगामी फागुन ११ गते देखि सुरु हुँदै

काठमाडौं । नेपाल राष्ट्रिय युवा संघले तेस्रो संस्करणको ‘केपी ओली कप २०८१’ आगामी फागुन ११ गते देखि १९ गतेसमम्म आयोजना गर्ने भएको छ ।
बुधबार पत्रकार सम्मेलन मार्फत संघका महासचिव सुमन पुरीले आगामी फागुन ११गते देखि १९गते समम्म‘केपीओली कप २०८१’ आयोजना गर्न लागेको जानकारी दिएका हुन् । त्यसैगरी उनले नेपाल फटबल संघ (एन्फा) द्वारा सूचीकृत ‘ए’ डिभिजनका तथा विदेशीहरु गरी १० वटा टीमहरु सहभागि हुने जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको प्रथम हुनेलाई रु १५लाख ११ हजार एक सय ११ रुपैंया, द्वितीय हुनेलाई पाँचलाख नगद, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्यआकर्षक पुरस्कार प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट खेलाडीलाई एकलाख, उत्कृष्ट गोल रक्षकलाई रु ५० हजार, उत्कृष्ट गोलकर्तालाई रु ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई रु ५० हजार, म्यानअफ द म्याचलाई रु १५हजार नगदको साथै ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कारहरु प्रदान गरिने छ भने हरेक खेल विजेता टीमलाई रु २५ हजार नगद प्रदान गरिनेछ ।

उनका अनुसार प्रतियोगिताको लागि खुल्ला आह्वान गरिने छ । सोही अनुसार सहभागी हुने टीमहरु छनोट गरिने छ । जसमा नेपालका‘ए डिभिजन’ तथा विदेशी टीमहरुलाई समावेश गराईने पनि उनले जानकारी दिए ।
कार्यक्रमको लागि आवश्यक पर्ने मुल आयोजक कमिटी तथा विषयसँग सम्बन्धीत उपसमितीहरु गठन गरिने साथै यस्तै पुरस्कार तथा व्यवस्थापनको लागि आयोजक सँग विज्ञापन, प्रायोजन तथा सहयोगी संस्था, विभिन्न व्यवसायीक संस्था तथा व्यक्तिहरुबीच सम्झौता हुने उनको भनाई छ ।

Spread the love