के छ आज बिदेशी मुद्राको विनिमय दर ?

साउन ३, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज डलरको भाउ शनिबारकै झैँ स्थिर रहेको छ । अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ र बिक्रीदर ११९ रुपैयाँ ६० पैसा रहेको छ ।

युरो एकको खरिददर १४० रुपैयाँ ६६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३७ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा रहेको छ ।

                                    हेरौं आजको विनिमय दर ।

 

Spread the love