कोरिया जान परीक्षा उत्तीर्ण भएका सबै नेपालीलाई लैजान राजदूतसँग श्रममन्त्रीको आग्रह

 

दक्षिण कोरिया जान परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका सबै नेपालीलाई कोरिया लैजान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरियाली राजदूतसँग आग्रह गरेका छन् ।
नेपालका लागि कोरियाली राजदूत पार्क ताई योङसँग भेटेर उनले कोरिया जान सबै चरण पूरा गरी बसेका कामदारहरुलाई छिटो कोरिया लैजान आग्रह गरेको मन्त्रालयले जनाएको छ ।
उनले भण्डारीले आगामी दिनमा कामदारको माग संख्या बढाउन पहल गर्नुपर्ने समेत बताए ।
भेटमा कोरियाली राजदूत योङले नेपाली कामदारको उच्च कदर गर्दै नेपालबाट निरन्तर कामदार लैजाने र थप लैजाने विषयमा आफू सकारात्मक रहेको बताएका थिए ।

Spread the love