कोरोना संक्रमणको जोखिम बढेपछि सरकारद्वारा तेस्रो पटक लक डाउनको समय थप

कोरोना संक्रमण (कोभिड—१९) संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले तेस्रो पटक लक डाउनको समय थप गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख ३ गतेसम्म लडक डाउनको समय थप गर्ने निर्णय गरेको हो । सरकारले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि एक स्थानीय तहबाट अर्को स्थानीय तह, जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाउने घोषणा यसअघि नै गरिसकेको छ । नेपालमा अहिलेसम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ । १ जना भने उपचारपछि निको भएर घर फर्किसकेका छन् । यसअघि आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिले समय थप गर्ने निर्णय गरेको थियो ।

यसअघि सरकारले पहिलो पटक चैत ११ गतेबाट लागु हुनेगरी १८ गतेसम्म लक डाउन गरेको थियो । नेपालमा कोरनो संक्रमितको संख्या बढ्दै गएपछि सरकारले दोस्रो पटक चैत २५ गतेसम्म लक डाउनको समय थपेको थियो ।

Spread the love