पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी कोरोना भाइरसका कारण एकै दिन १५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभरमा ९० हजार ५७६ सक्रिय संक्रमित छन् । जसमध्ये ८८ हजार ६४२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ९३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २५७ जना आईसीयू र ४९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

The following two tabs change content below.
Nepal's First Business Television.
Latest posts by Business TV Nepal (see all)
- पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमीकको संख्या बढ्दै - June 27, 2022
- वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्ने - June 26, 2022
- आईतवार नेप्से परिसूचक ९४.९२ अंक बढेर १९५६.९८ बिन्दुमा - June 26, 2022
Comment here