क्यान्सर सर्वाइभर्स दिवसको अवसरमा क्यान्सरबारे विज्ञहरुको सुझाव

ब्लड क्यान्सरको उपचार नेपालमै सहजरुपमा हुने भन्दै विज्ञहरुले निराश हुनुनपर्ने बताएका छन् । आईतवार वीर अस्तालमा क्यान्सर सर्वाइभर्स दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले ब्लड क्यान्सरको उपचार सर्वसुलव हुने भएकाले ब्लड क्यान्सर हुँदैमा आत्तिनु नपर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै वरिष्ठ क्यान्सर तथा छाती रोग विशेषज्ञ डा. मदनकुमार पियाले ब्लड क्यान्सर हुँदैमा हतोत्साहीत हुनुनपर्ने बताउनु भयो । उहाँले अहिले धेरै प्रकारको टेक्नोलोजि र विज्ञहरु आइसकेकोले ब्लड क्यान्सरको उपचार सहज भइसकेको बताउनु भयो ।
त्यस्तै भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. विष्णुदत्त पौडेलले क्यान्सरका धेरै औषधिहरु निःशुल्क पाइने गरेको तर यसको जनतामाझ पुर्‍याउने कुरामा कमजोरी रहेको बताउनु भयो । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि ब्लड क्यान्सर भएर निको भएकोले ब्लड क्यान्सर निको हुनेमा दिव्मत नरहेको बताउनु भयो । निर्देशक पौडेलले सरकारको क्यान्सरको क्षेत्रमा आम नागरिकहरुलाई सहयोग गर्नुपर्ने र क्यान्सर पीडितका लागि सुधिायुक्त अस्पतालहरु बनाउनु पर्ने बताउनु भयो ।
त्यस्तै भारतस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरका हेमाटो-अंकोलोजी एण्ड बोनम्यारो ट्रान्सप्लान्टका निर्देशक डा. दिनेश भुरानीले क्यान्सरका सबै बिरामी भारत गएर उपचार गर्न नसक्ने भएकोले नेपालमै आफू आएर निःशुल्क उपचार गर्ने गरेको बताउनु भयो । उहाँले बिस्तारै बिस्तारै क्यान्सरको उपचार नेपालमा सहज र सुलव हुँदै जाने बताउनु भयो । उहाँले दुई वर्ष यता कोरोनाका कारण राम्रोसँग काम गर्न नपाएको र अब नेपालकै स्थानीय सिस्टमलाई विकास गर्न आवश्यक रहेको बताउनु भयो ।
त्यस्तै हेमाटोलोजिस्ट डा.निरजकुमार सिंहले वीर अस्पतालमा बनम्यारो ट्रान्सप्लान्ट बाहेकका सबै उपचारहरु गरिरहेको बताउनु भयो । उहाँले जुनसुकै ब्लड क्यान्सर सम्बन्धी जुनसुकै उपचार समयमै भए निको हुने बताउनु भयो । उहाँले सरकारलाई ब्लड क्यान्सरसम्बन्धी विशेष सेवा दिनका लागि घच्घच्याएर सहज उपचारको पहल गर्नुपर्ने बताउनु भयो ।
त्यस्तै वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्रकुमार बस्नेतले वस्र अस्पतालमा ब्लड क्यान्सर उपचारको लागि स्तरोन्नती गर्ने काम भइरहेको बताउनु भयो । उहाँले वीर अस्पताललाई सेन्टर एक्सेलेन्स हुने गरेर काम शुरु भएको र वीर अस्पताललाई नेपाली नागरिकको अस्पताल, विपन्नको अस्पताल बनाउने काम भइरहेको बताउनु भयो । अस्पतालमा सबै किसिमको सेवाहरु विशिष्टीकृत हुन्छ भन्ने कुरा प्रमाणित गर्ने गरेर काम अघि बढीरहेको बताउनु भयो ।
त्यस्तै क्यान्सर पीडित डा. प्रेम दंगालले टेक्नोलोजीको सिस्टम विकास भइसकेकोले अबका दिनमा ब्लड क्यान्सर भएरै मरिन्छ भन्ने सोच्ननहुने बताउनु भयो । उहाँले ब्लड क्यान्सरको उपचार नेपालमै उपलब्ध भएको र निको हुने भएकोले यसको सूचना प्रचार गर्न आवश्यक रहेको बताउनु भयो ।
त्यस्तै क्यान्सर पीडित रुबी क्षेत्रीले स्वास्थ्यमा सरकारले राजनीति गर्नुनहुने बताउनु भयो । उहाँले चिकित्सकहरुले ब्लड क्यान्सरको क्षेत्रमा सेवा दिने प्रक्रियालाई सहज बनाउन लागेकोले यसमा साथ दिन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा सहभागी क्यान्सर पीडितहरुले नेपालमै ब्लड क्यान्सरको सर्वसुलभ उपचार हुने भएकोले आत्तिनु नहुने बताए । उनीहरुले ब्लड क्यान्सर भयो भन्दै हरेस खानु नहुने र आत्मविश्वासका साथ लड्नुपर्ने बताए ।

Spread the love