काठमाडौं । भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ मा अवलोकनकर्ताको आकर्षण बढेको देखिएको छ। नयाँ–नयाँ प्रविधिको प्रदर्शनी र प्रविधि सम्बन्धि समस्या समाधानसहित सहभागी कम्पनीका स्टलमा अवलोकन कर्ताको चासो देखिएको हो।
लगभग यो वर्षको क्यान इन्फोटेकमा साँढे तीन लाख जनाले अवलोकन गर्ने आयोजकले जनाएको छ ।
कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) की सचिव सरिता न्यौपानेले माघ २४ गतेदेखि सुरु भएर माघ २८ गतेसम्म चल्ने इन्फोटेक नेपालकै सबैभन्दा ठूलो ईन्फरमेसन टेक्नोलोजीको मेला भएको बताइन् ।
उनले इन्फोटेकमा इन्फरमेसन टेक्नोलोजीको क्षेत्रमा काम गरिरहेका व्यवसायहरु, विज्ञ व्यक्तिहरुले अथवा स्र्टाटअप इनोभेसन सो गर्ने ठाउँ समेत रहेको बताइन् ।
साथै उनले यहाँ आएर नयाँ नयाँ प्रविधिहरु बारेमा बुझ्न सकिने बताइन् । उनले नयाँ हार्डवयर–सफट्ेवयरबारे जानकारी लिन सकिने र एआइ मार्केटले के के गर्दैछ भन्ने बुझ्नको लागि प्लेटफर्म समेत क्यानले उपलब्ध गराएको बताइन्।
यसैगरी क्यान महासंघकाउपाध्यक्ष चिरञ्जीवि अधिकारीलेइन्फोटेकमा एआइको प्रोजेक्ट र नेपाली आईटी एप्लिकेसनहरुलाई प्रदर्शनमा राखिएको बताए ।
उनले स्वास्थ्य क्षेत्र, कृषि क्षेत्रदेखि हरेक क्षेत्र एआईलाई प्रयोग गरेर सफ्टेवयर बनाएका छौं । अहिले विश्वमा नै एआइले रुल गरेको छ । पैसाको मात्र होईन यसमा नलेज र ब्रेनको प्रयोग हुने भएकाले एआई रोबर्टसमेत प्रदर्शनीमा राखिएको बताए ।
साथै उनले फ्युचर स्टारहरुलाई प्लेटर्फम दिएर प्रदर्शनमा राख्ने र उहाँहरुलाई विश्वव्यापी रुपमा बा्रण्डिङ गर्ने एवम ग्लोबल म्यापमा नेपाली आईटीहरुलाई पुर्याउने लक्ष्य महासंघको रहेको बताए ।
यसैगरी कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) का कोषाध्यक्ष विक्रम सिंहले क्यान इन्फोटेकले अर्थतन्त्रमा धेरै नै सहयोग पुर्याउने बताएका छन् । उनले नेपाल न्यूज बैंकसँग कुरा गर्दै यस्ता इन्फोटेकहरुलेआर्थिक अर्थतन्त्र बढाउनमा प्रेरित गर्ने बताएका हुन् ।
साथै उनले क्यान इन्फोटेक २०२५ मा अहिलेसम्म दैनिक ८÷१० लाख अर्थिक कारोवार भइरहेको बताए । उनले महासंघले पछिल्लो समय इन्टरनेशनल ब्राण्ड भित्र्याएको र त्यसरी नै अबको ६ महिनाभित्र बि टु बि इन्टरनेशनल ब्राण्ड भित्र्याउने तयारी गरेको समेत बताए ।
क्यान इन्फोटेकलाई लक्षित गर्दै प्रदर्शनी स्थलमा विभिन्न प्रविधि कम्पनी तथा संघसंस्थाहरूले आफ्नो ब्राण्ड प्रवद्र्धनसँगै विशेष छुट र अफर घोषणा गरेका छन् ।प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी ट्रेनिङ तथा इन्स्टिच्युट, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ता झुम्मिएका छन् ।
त्यस्तै विभिन्न कम्पनीले विश्वविख्यात नेटवर्किङ प्रडक्टहरू, वायरलेस क्यामेरा, सीसीक्यामेरा, स्मार्ट बोर्ड तथा अन्य सेक्युरिटी प्रडक्टहरू विशेष छुटसहित प्रदर्शनीमा राखेका छन् ।