क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत फागुन २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीको आईपीओमा कुल १९ लाख ६५ हजार ८११ जनाले २ करोड २७ लाख ३९ हजार ६५० कित्ता शेयर खरिदका लागि आवेदन गरेका थिए ।
जसमध्ये १० हजार १२६ आवेदन रद्द भएको छ भने बाँकी १९ लाख ५५ हजार ६८५ आवेदन स्वीकृत भएको छ । जसअनुसार कुल १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् । मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रिया मार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ ।