खानेपानी मन्त्रालयको मर्मत सम्भार कार्य शुरू

काठमाडौं । आगलागी भएको खानेपानी मन्त्रालयको मर्मत सम्भार कार्य शुरू गरिएको छ । आजै उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले अवलोन गरेलगत्तै मन्त्रालयले मर्मतसम्भारको काम थालेको हो ।
उक्त मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ ।
खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् ।
आगलागीबाट मन्त्री यादवको कार्यकक्ष सहित तीनवटा कोठामा क्षति भएको छ । खानेपानी मन्त्रालयको भवनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि छ ।

Spread the love