गोकुलप्रसाद बा”स्कोटाको अडियो प्रकरण माथि सरकारले अनुशन्धान गर्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ्ले सेक्युरिटी प्रिन्टिङमा गोकुलप्रसाद बास्कोटाको अडियो प्रकरण माथि सरकारले अनुशन्धान गर्ने बताउनुभएको छ । शनिवार काठाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै सेक्युरिटी प्रिन्टिङ प्रेस सम्बन्धी विषय जिटुजी सम्झौताबाट मात्र गर्ने भनिएपनि विना ग्लोबल टेण्डर नगरेर कुनै कम्पनीसग सम्झौता गरेर जाने खालको देखिनु र यहि बिचमा मन्त्रीको अडियो बाहिरिनुले प्रश्न उठेको बताउनुभयो । उहँले यो विषयमा संसदको सार्वजनिक लेखा समितिले छानविन गरिरहेको र त्यसको प्रतिवेदन अनुसार हुने बताउनुभयो । उहाले मन्त्रीले भ्रस्टाचार गरे नगरेको कानूनी छानविन गर्न सरकार दृढ भएकाले अख्तियारले छानविन गर्ने बताउनुभयो ।

नेता गुरुङले पार्टीको केन्द्रीय कमिटीले गठन गरेको कार्यदलले एमसीसीका विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाइसकेको र एमसीसीका सर्तहरुमा परिमार्जन गरेर मात्र जाने सुझाव दिएकाले पार्टीले छिट्टै निर्णय गर्ने बताउनुभयो । उहाँले सरकारले एमसीसीलाई निरन्तरता दिने प्रतिकृया प्रधानमन्त्री ओलीले दिन्ुभएपनि पार्टीको निर्णय नै अन्तिम हुने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द लोहनीले सामन्ती व्यवस्थामा शोषण गरिएजस्तै प्रजातन्त्रको वैधानिकता लिएर नवसामन्तवादी शोषणको अध्याय सुरु भएको बताउनुभयो । उहाँले सेक्युरिटी प्रेसका विषयमा मन्त्रीको अडियो सार्वजनिक हुनु र मन्त्रीमात्र यसमा संलग्न हुन नसक्ने भएकाले यसको पछाडि भएका सबैमाथि छानविन हुनुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले पनि नैतिकताका आधारमा राजिनामा दिनुपर्ने बताउनुभयो । उहाले वैदेशिक लगानी ल्याउनुपर्ने तर एमसीसीमा रहेका असमान सम्झौतामा सुधार गर्नुपर्ने बताउनुभयो । त्यस्तै सरकारको बजेट पूर्णरुपमा असफल भएको र बजेटले सबैतहमा भ्रष्टचारलाई विकेन्द्रीकरण गरेको बताउनुभयो । त्यस्तै धर्म निरपेक्षताको नाउँमा नेपालको संस्कृतिमाथि हमला हुँदा समेत सरकारले चासो नदिएको आरोप समेत लगाउनुभयो ।

Spread the love