सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका कर्मचारीलाई अश्लील शब्दले गाली गर्दै दलालसग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएको छ । बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसको डिलमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको हो । यस्तो कुरामा यी मु‘ कर्मचारीसग लग्यो भने यिनीहरुले हेप्छन् अडियो सम्वादमा सेक्युरिटी प्रेसबारे मन्त्री बास्कोटाले कर्मचारीलाई संकेत गर्दै एजेन्टसग भनेका छन । मन्त्री बास्कोटाले कर्मचारीहरुलाई नभन्नु भन्दै कमिसन लेनदेनमा सहमति जनाएको अडियो सम्वादमा सुन्न सकिन्छ । विहीबार सार्वजनिक भएको अडियो र त्यसमा प्रयुक्त भाषाले मन्त्री बास्कोटामाथि गम्भीर प्रश्न उठाइदिएको छ ।
सञ्चारमन्त्री बाँस्कोटाले आफूलाई नखाएको विष नलाग्ने प्रतिक्रिया दिइसकेका छन्। यद्यपि आज साझ बजे मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्ने कार्यक्रम छ।