कुवेतको एयरलाइन जजीरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सेवा सुरु गरेको छ । बुधवार जजीरा एयरवेजले काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै भैरहवास्थित नव-निर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवा सुरु गरेको जानकारी दिएको हो । जजीरा एयरवेजले मध्य-पूर्व, एसिया र युरोपमा आफ्नो सेवा विस्तार गरेको जनाएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजीराले उडान सुरु गर्नाले मध्य-पूर्व र युरोपमा बसोबास गर्ने समुदाय नेपालको दक्षिण-पश्चिम क्षेत्रमा प्रत्यक्ष जोडिन सक्ने जजीरा एयरवेजले बताएको छ । यस उडानले कुवेत र मध्य-पूर्वको यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्ने उल्लेख गरिएको छ । यस उडान मार्फत् विदेशी पर्यटकहरुले सिधै लुम्बिनी पुग्नसक्ने छन् ।

Latest posts by Business TV Nepal (see all)
- पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमीकको संख्या बढ्दै - June 27, 2022
- वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्ने - June 26, 2022
- आईतवार नेप्से परिसूचक ९४.९२ अंक बढेर १९५६.९८ बिन्दुमा - June 26, 2022
Comment here