जनकपुर । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडलेले कुनैपनि बैंकले ग्राहकलाई ठगी गरेको पाइएमा तुरुन्त कारबाही गर्ने चेतावनी दिएका छन् ।
सोमबार जनकपुरधाममा नेपाल उद्योग वाणिज्य महासंघ र बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरुसंग छलफल गर्दै गभर्नर डा।पौडेलले ग्राहकलाई समस्यामा पार्ने विभिन्न वाहानामा ठगी गरेको पाइए सो बैंकलाई तुरुन्त कारवाही गर्ने चेतावनी दिएका हुन् ।
धनुषाका व्यापारीहरुले विगतमा बैंकहरुले धित्तो राखि ऋण लिएका ऋणीहरुलाई विभिन्न जटिल परिस्थिती उत्पन्न गरी धित्तो निलाम गरेको गुनासो गरेपछि गभर्नर डा।पौडेलले यस्तो निर्देशन दिएका हुन ।
छलफमा धनुषाका व्यवसायीहरुले कम रकमको ऋण लिन आउने साना व्यापारी तथा किसानलाई बैंकले वास्ता नगर्ने गरेको गुनासो पोखेका थिए ।सो कुरामा गभर्नर डा।पौडेलले गम्भिरता जनाउँदै बैंकहरुलाई जो सुकै ऋण लिन आउने ग्राहकलाई स–सम्मान व्यवहार गर्न निर्देशन दिए ।
उनले बैंकहरुलाई ऋण लिन आउने जो सुकैसंग राम्ररी व्यवहार गर्न र ग्रामिण भेगका किसान र अशिक्षित ग्राहकहरुका लागि विशेष दोभाषे बैंकमा व्यवस्था गर्न निर्देशन दिए ।
छलफलमा बैंकहरुका प्रतिनिधिहरुले मधेश प्रदेशमा ऋण लिनेको संख्या भन्दा ऋण लिएर तिर्न नसक्नेको संख्या बढी भएको गुनासो गरेका थिए ।