ग्लोबल आइएमई बैंकका ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट

 

ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवाहरुमा १५ प्रतिशत छुट पाइने भएको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकहरुलाई उक्त छुट उपलब्ध गराउने समझदारी भएको छ ।
उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका प्रमुख बजार व्यवस्थापक दिलिप पोखरेल र दुषित थानी हिमालयन रिसोर्टको सेल्स मेनेजर सम्झना प्रसाईले हस्ताक्षर गर्नुभएको छ ।
समझदारी अनुसार बैंकका ग्राहकहरुले दुषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवाहरु खाना तथा पेय पदार्थ, देभराना स्पा, स्वीमिङ्ग पुल, ज्याक्कुजी, स्टिम र सौनाको प्रयोग वापत भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ्ग ए्याप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्दा १५ प्रतिशत निश्चित छुट पाउनेछन ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे ।

Spread the love