ग्लोबल आइएमई बैंक लिमिटेड र कतार स्थित गल्फ एक्सचेन्ज कम्पनीबिच रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको
छ । उक्त संझौता पश्चात गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत नेपालमा पैसा पठाउन सहज
भएको छ ।
सम्झौताअनुसार कतारमा रहेका नेपालीहरुले गल्फ एक्सचेन्जको रेमिटेन्स मार्फत ग्लोबल रेमिट गल्फ एक्सचेन्जको
१७ वटा शाखाबाट सहज रुपमा नेपालमा रेमिटेन्स पठाउन सक्नेछन् । यसप्रकार पठाइएको रकम ग्लोबल आइएमई
बैंकको सम्पूर्ण शाखा तथा नेपालभरका आइएमई लिमिटेड र जीएमई रेमिटको ५०,००० भन्दा बढी एजेन्टहरुबाट
भुक्तानी लिन सकिनेछ । साथै, कतारमा रहेका नेपालीहरुले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंक तथा नेपालका
अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रुपमा रेमिटेन्स पठाउने सुविधा प्रयोग गर्न पाउने छन्।
मुलुकका ७७ जिल्लामा शाखा भएको निजी क्षेत्रको पहिला बैंक ग्लोबल आइएमई बैंकका १,१०० भन्दा बढी सेवा
केन्द्रहरू, ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन
काउन्टरहरू र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू समेत रहेकोले जनतामा सेवा प्रवाहमा अब्बल रहेको सम्बद्ध
श्रोतको दावी छ । ग्लोवल बैंकले बैंकिङ सेवाका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्याउदै आएको
छ ।