ग्लोबल आईएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त

 

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओ मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् ।

बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले १ भदौदेखि लागू हुनेगरी रग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

हालका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको कार्यकाल सकिएसँगै बैंक सञ्चालक समितिले रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

बैंकिङ क्षेत्रमा रेग्मीको ३ दशकभन्दा लामो अनुभव छ ।

 

Spread the love