चक्रपथको कलंकी–चाबहिल सडकखण्ड विस्तारमा ढिलाइः यात्रु र सवारी चालकहरू हैरान

काठमाडौं । काठमाडौं चक्रपथ, कलंकी–महाराजगञ्ज सडकखण्ड विस्तारमा ढिलाई हुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ ।करिब ८ वर्षदेखि सडक विस्तार कार्य अस्तव्यस्त रहेको चक्रपथ दोस्रो खण्डका केही स्थानमा सर्भिस लेन निर्माण कार्य सकिएपनि मुख्य लेनको निर्माण अलपत्र छ ।जसको प्रत्यक्ष असर सर्वसाधारण, व्यवसायी र सवारी चालकहरूमा परेको छ।
सडक निर्माणमा भइरहेको ढिलाइले गर्दा स्थानीयन ागरिकहरू धुलो–हिलो, खाल्डा खुल्डी, ट्राफिक जाम लगायतका समस्याबाट पीडित छन् ।राजधानीको महत्वपूर्ण रव्यस्त सडक मध्येको चक्रपथको यो अवस्था आम नागरिकको दैनिक जीवनमा सीधा असर पारिरहेको छ।

Spread the love