चालु आर्थिक वर्षमा नेपालको जलविद्युत उत्पादन क्षमता ३ हजार मेगावाट पुग्छ ः कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताउनुभएको छ । बुधवार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै घिसिङले १५ वर्ष पूरा भएका जलविद्युत आयोजनाहरु सम्पन्न हुन लागेकाले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताउनुभएको हो । घिसिङले अबको ५/६ वर्षमा १५ हजार मेगावाट जलविद्युत उत्पादन क्षमता हुने बताउनु भयो । उहाँले १५ हजार मेगावाट विद्युत उत्पादन पुग्दा करिव ५ अर्ब रुपैयाँ विद्युत प्राधिकरणबाट राजश्व संकलन हुने बताउनु भयो । उहाँले जलविद्युत उत्पादन ३ हजार मेगावाट पुग्दा ५० अर्ब राजश्व सरकारलाई तिर्नुपर्ने बताउनु भयो । उहाँले सरकारलाई वार्षिक रुपमा १ अर्ब ७० करोड रुपैयाँ प्राधिकरणले राजश्व तिर्ने गरेको बताउनु भयो । उहाँले विद्युत प्राधिकरणले एउटा जलविद्युत आयोजनाबाट करिव ७० करोड रुपैयाँ राजश्व तिर्ने गरेको बताउनु भयो । घिसिङले १५ वर्ष नाघेका धेरै जलविद्युत आयोजनाहरु रहेकाले १० प्रतिशतले राजश्व बढेको बताउनु भयो ।
प्रमुख कार्यकारी निर्देशक घिसिङले जलविद्युत आयोजनाहरुको प्रवद्र्धन गर्नसके राजश्वमा ठूलो योगदान पुग्ने बताउनु भयो । उहाँले ३ वर्षभित्र ५ हजार मेगावाट उत्पादन क्षमता बन्ने बताउनु भयो । उहाँले चालु आर्थिक वर्षको ५ महिनामा विद्युत निर्यातमार्फत ११ अर्ब आम्दानी गरेको बताउनु भयो । उहाँले जलविद्युत मुलुकको समृद्धिको लागि महत्वपूणर् रहेको बताउनु भयो ।

Spread the love