चालु वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक

अर्थमन्त्री डा. युवराज खतिवडाले चालु वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गरेका छन्। संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री डा खतिवडाले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने बताए ।

आगामी वर्षको बजेट सार्वजनिक गर्नुअघि अर्थमन्त्रीले संसदलाई चालु वर्षको अवस्थाका बारेमा जानकारी दिनु पर्छ। त्यसै अनुसार खतिवडाले फागुनसम्मको आर्थिक क्रियाकलापको बारेमा जानकारी गराएका छन् ।

फागुनसम्म राम्रै भए पनि कोभिड(१९ का कारण अवस्था असहज भएको जानकारी सदनलाई गराएका थिए । कोभिड(१९ का कारण आर्थिक वृद्धि खुम्चिएको पनि अर्थमन्त्रीले जानकारी दिए।

Spread the love