पर्यटन व्यवसायीहरुले चिनियाँ पर्यटकको नेपाल बसाई लम्ब्याउन, सडक पूर्वाधारको विकास गर्न र मजबुत पर्यटन नीति बनाउन माग गरेका छन् । पर्यटन व्यवसायीहरुले चीन सरकारले नेपाललाई दोस्रो गन्तव्य देशको सूचिमा राखेकाले नेपाल घुम्न आउने चिनियाँ पर्यटकमा वृद्धि हुने भन्दै बसाई लम्ब्याउन र पूर्वाधार निर्माणमा जोड दिन माग गरेका हुन् । कोभिड-१९ महामारीको कारण चीन सरकारले चिनियाँ नागरिकलाई विदेश घुम्न रोक लगाएको थियो । तर केही दिनअघि मात्रै चीन सरकारले आफ्ना नागरिकका लागि नेपाललाई गन्तव्य मुलुकको दोस्रो सूचिमा राखेको छ । चिनियाँ नागरिकका लागि गन्तव्य मुलुकको पहिलो सूचिमा थाइल्याण्ड लगायत अन्य मुलुक परेका छन् । नेपालमा सन् २०१९ सम्म चिनियाँ पर्यटकको आगमन उल्लेख्य मात्रामा रहेको थियो ।
तर कोरोना महामारीको कारण चिनियाँ पर्यटक आगमन कम हुँदै आएको छ । पर्यटन व्यवसायीहरुले प्रतिक्रिया दिँदै निजी क्षेत्र नेपाल आउने पर्यटकहरुलाई सेवा दिनको लागि भौतिक संरचना लगायत अन्य सेवाका लागि तयारी अवस्थामा रहेको बताउनु भयो । पर्यटन व्यवसायी सुदर्शन नेपालले चीन सरकारले नेपाललाई दोस्रो गन्तव्य देशको सूचिमा राखेकाले नेपालले हवाई उडानलाई नियमित सिधा उडान सेवा थप बिस्तार गर्नुपर्ने बताउनु भयो । उहाँले नेपालमा आउने चिनियाँ पर्यटकको नेपाल बसाइलाई बढाउनको लागि गन्तव्य स्थानको भौतिक संरचना बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले चिनियाँ पर्यटक आउँदा होटल, गाइडहरुले प्रत्यक्ष रुपमा लाभ लिनुका साथै नेपाली उत्पादनहरु समेत बढी खपत हुने बताउनु भयो । उहाँले चिनियाँ नागरिकहरु समूहमा घुम्न रुचाउने तर सरकारले विदेश जान रोक लगाएकाले विदेशमा पर्यटक बनेर घुम्ने मौका कम भएपनि अब चीन सरकारले नै बाहिरी देश जान अनुमति दिएसँगै नेपालमा आउने चिनियाँ पर्यटकमा विगतको भन्दा वृद्धि हुँदै जाने अपेक्षा गर्नभयो ।
त्यस्तै,अर्का होटल व्यवसायी अभिषेक साहले सरकारले चीनका पर्यटक ल्याउनको लागि नियमित रुपमा चीन—नेपाल हवाई उडानको व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारले निजी क्षेत्रले चार्टर उडानको व्यवस्था गर्न सक्ने गरी सरकारले सहजिकरण गर्नु सक्नुपर्ने बताउनु भयो । उहाँले कति चिनियाँ पर्यटक नेपाल ल्याउने भन्ने मुख्य भुमिका सरकारको भएको बताउनु भयो । उहाँले सरकारले सबै भन्दा पहिला पर्यटन नीति बनाउन आवश्यक रहेको पनि बताउनु भयो । उहाँले सरकारले निजी क्षेत्रलाई भौतिक पूर्वाधार निर्माणको लागि सहयोग गरे नेपालका पर्यटक बढ्ने बताउनु भयो । उहाँले सरकारले पर्यटकको नेपाल बसाइ बढाउनको लागि सडक पूर्वाधार सुधार र मजबुत नीति बनाउनुपर्ने बताउनु भयो । उहाँले सरकारले नेपाललाई पर्यटकीय गन्तव्यको ब्राण्डिङ बनाएर अन्तर्राष्ट्रिय थप दुई विमानस्थलमा छुट प्याकेज ल्याउनुपर्ने बताउनु भयो ।
व्यवसायी साहले नेपालमा घुम्नको लागि चीनले खुला गर्नु नेपाली पर्यटन व्यवसायीको लागि खुशीको विषय भएको उल्लेख गर्नुभयो । उहाँले नेपाल आउने पर्यटकहरुलाई सेवा दिनको लागि निजी क्षेत्र तयारी अवस्थामा रहेको बताउनु भयो । उहाँले होटल लगायतका भौतिक संरचनाहरु २०१९ मा १२ लाख पर्यटक आगमन हुँदा त्यही अनुसारको तयारी भएको बताउनु भयो । चिनियाँ पर्यटक आउँदा काठमाडौंमा घुम्न राख्ने वातावरण सरकारले बनाउनुपर्ने बताउनु भयो ।

Latest posts by Business TV Nepal (see all)
- अर्थमन्त्री र विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता - June 8, 2023
- लुम्बिनीमा आजदेखि केवलकार सञ्चालनमा आयो - June 8, 2023
- ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित - June 8, 2023
Comment here