छोरीले ‘इङ्गेजमेन्ट’ गरेको केटासँग आमा नै फरार भएको घटना सार्वजनिक भएको छ । यो घटना नेपालको नभई भारतको उत्तर प्रदेश राज्यको अलीगढ जिल्लामा भएको हो । छोरीको विवाह आगामी वैशाख ३ गते हुने निधो भएको थियो । विवाहका लागि आवश्यक तयारी चलिरहेको समयमा छोरीले ‘इङ्गेजमेन्ट’ गरेको केटासँग आमा नै फरार भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । आमाले नगद तथा गहनासमेत लिएर पत्नी फरार भएको जनाएका हुन् ।