ग्लोबल आइएमई बैंकले उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहने विद्यार्थीलाई शैक्षिक कर्जा दिने भएको छ । यस सम्बन्धमा ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड र जापनिज भाषा शिक्षक संघ नेपाल (जाल्टान)बीच त्रिपक्षीय समझदारी भएको बैंकले मंगलबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ । समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशील थापा र जापनिज भाषा शिक्षक संघ नेपालका अध्यक्ष राजेन्द्र केसीले हस्ताक्षर गरेका छन्।
समझदारीअनुसार जाल्टानबाट सिफारिस भएका विद्यार्थीलाई जापानका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षाका निमित्त आवश्यक पर्ने शैक्षिक कर्जा प्रवाह गर्ने बेैकले जनाएको छ ।