काठमाडौँ । जीओ अटोमोबाइल्सले शून्य ब्याजदरमा इ भी खरिद गर्न सकिने अफर ल्याएको छ । कायीको एक्स थ्रीप्रो इ भी खरिद गर्नेहरूले पाँच वर्षका लागि ०% ब्याजदरको सुविधा पाउन सकिर्ने जीओ अटोमोबाइल्सले जनाएको छ । उक्त अफरबाट कायीको एक्स थ्रीप्रो इ भी खरिद गर्नेहरू लाभान्वित हुनेछन् । कायीको एक्स थ्रीप्रो इ भीमा १२० किलोवाट क्षमताको मोटर र ५३.ट किलोवाट आवर क्षमताको ब्याट्री रहेको जीओ अटोमोबाइल्सले जनाएको छ ।
जीओ अटोमोबाइल्स चिनमा उत्पादित गाडी कम्पनी कायीको आधिकारिक विक्रेता हो । पछिल्लो समय चिनियाँ इ भी नेपाली बजारमा लोकप्रिय बन्दै गएको छ । कायीको इ भि लाई वि वाइ डि को विकल्पको रुपमा ग्राहकहरुले छनौट गर्न सक्ने भएकोले कायीको इ भि ले विवाइ डि को नेपाली बजारलाई प्रभावित गर्ने अटोमोवाइल्स विज्ञहरुको तर्क छ ।