जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय

सरकारले आगामी जेठ १ गतेदेखि शनिवार र आईतवार हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधवार मन्त्रीपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जेठ १ गतेदेखि सरकारले शनिवार र आईतवार हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको बताउनु भयो । सरकारले परीक्षणको रुपमा २०७९ जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजे साँझ ५ः३० सम्म कार्यालय समय कायम गर्ने पनि निर्णय गरेको छ । सरकारका प्रवक्ता कार्कीका अनुसार खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोगको आयोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने ८० मिलियन अमेरिकी डलर सहुलियतपूणर् ऋण सहायतासम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने, निर्णय गरेको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७८/०७९ को लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार १ सय ६५ रुपैयाँ निर्धारण गर्ने, कम आवश्यक, विलासीजन्य र स्वास्थ्यमा नकारात्मक असर पार्ने विभिन्न दशवटा वस्तुहरुको पैठारीमा पूणर् बन्देज लगाउने निणर्य पनि गरेको छ ।
त्यस्तै सरकारले बंगालादेशमा ब्यारिण्ड मल्टीप्रपोज डेभलपमेण्टबाट सिंचाइ व्यवस्थापनका लागि मोडालिटी सम्बन्धमा अवलोकन तथा अध्ययन भ्रमणमा सहभागी हुन उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने, सिन्धुपाल्चोकमा पर्ने ९ रोपनी सरकारी जग्गा भोटेकोशी गाउँपालिकालाई लिजमा उपलब्ध गराउन स्वीकृति दिने, निणर्य गरेको छ ।
द एजुकेशन वल्र्ड फोरमको आयोजनामा बेलायतको लण्डनमा आयोजना हुने वल्र्ड एजुकेशन फोरम २०२२ मा सहभागी हुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवन्द्र पौडेलको नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने निणर्य गरेको पनि बताउनु भयो ।
प्रवक्ता कार्कीले सरकारले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समिति आदेश (गठन) २०७८ स्वीकृत गर्ने निणर्य गरेको पनि बताउनु भयो ।

Spread the love

Comment here