डेडिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तानी गर्न प्राधिकरणको आग्रह

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाईनबाट विद्युत् सप्लाई लिएका उपभोक्ताहरूलाई बक्यौता विद्युत् महसुल २१ दिनभित्र भुक्तानी गर्न आग्रह गरेको छ ।
आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले यस अघि पुनरावलोकनसँग सम्बन्धित भएका सम्पूर्ण काम कारबाहीहरू खारेज गरिएको जानकारी गराएको छ ।
मासिक किस्ताबन्दीमा रकम भुक्तानी गर्न इच्छुक उपभोक्ताहरूलाई बढीमा २८ महिनाको किस्ता बन्दीको सुविधा उपलब्ध गराइने सूचनामा उल्लेख छ ।
प्राधिकरणले डिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ ीदनभित्र भुक्तान नगरे कारबाही गर्ने प्राधिकरणको चेतावनी नेपाल विद्युत् प्राधिकरण, विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम कारबाही हुने चेतावनी समेत दिएको छ ।

Spread the love