सानफ्रान्सिस्को बे-एरियामा रहेको हर्कुलस सिटीले नेपाली अमेरिकन डिल्ली भट्टराईलाई प्लानिंग कमिसनर नियुक्त गरेको छ । सिटीका बिभिन्न कृयाकलापहरुमा अभिरुचीपूणर् रुपमा सहभागिता जनाउँदै आएका भट्टराईलाई सो पदमा नियुक्त गरिएको हो ।
सन् १९०० मा स्थापना भएको हर्कुलस कन्ट्राकोष्टा काउन्टमिा पर्ने एउटा सिटी हो । आफ्नो नियुक्ति नेपाली समुदायकै गर्व गर्न लायक कार्य भएको उल्लेख गर्दै भटटराईले सिटीको योजना, कार्यान्वयनमा आफ्नो विज्ञताको आधारमा सहयोग गर्ने बताए ।
भटटराई एनआरएन अमेरिकाका पूर्ब उपाध्यक्ष समेत हुन् । भट्टराइकै पहलमा हरेक बर्षको अप्रिल १४ लाई हर्कुलस सिटीले नेपाल-डे का रुपमा मनाउने घोषणा गरिसकेको छ । अप्रिल १४ मा नेपाली नयाँवर्ष पर्छ ।
अमेरिकामा बसेपछि नेपाललाई सहयोग गर्ने सबैभन्दा प्रभावकारी माध्यम यहीको सरकारी पद हो । त्यही भएर विस्तारै अमेरिकाको राजनीतिमा प्रवेश गर्ने तयारीमा रहेको उनले बताए

Latest posts by Business TV Nepal (see all)
- सरकार र आन्दोलित शिक्षकबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता - September 22, 2023
- महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने काम भइरहेको छ ः उपमेयर डङ्गोल - September 22, 2023
- लगानी संरक्षणका लागि नीतिगत व्यवस्था आवश्यक ः महासचिव भुसाल - September 22, 2023
Comment here