डेढ किलो गाँजा सहित तीनजना पक्राउ

पोखरा । अवैध लागू औषध बेच्दै गर्दा बागलुङको गल्कोटबाट तीन जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय गलकोट बागलुङबाट प्रहरी निरीक्षक देवराज काफ्ले समेतको प्रहरी टोलीले गलकोट नगरपालिका वडा नं. ८ थालेपोखरा स्थित गैराडाँडाबाट तीनजना पक्राउ परेका हुन्।
पक्राउ परेकाहरुमा गलकोट नगरपालिका वडा नं. ८ थालेपोखरा बस्ने वर्ष ५१ को ओम बहादुर कामी, सोही ठाउँका वर्ष ३७ को गुन्जबहादुर वि.क. र वर्ष २६ को कृष्ण वि.क. रहेको सुचना अधिकारी डिएसपी बिजय यादबले जानकारी दिए। उनीहरुलाई अबैध लागू औषध गाँजा किनबेच गरिरहेको अवसथामा पक्राउ गरिएको प्रहरीको दाबी छ।
उनीहरुको साथबाट अबिश लागू औषधगाँजा एक किलो चार सय ३६ ग्राम बरामद भएको पनि डिएसपी यादबले बताए।
पक्राउ परेका तीनै जनाविरुद्ध बागलुङ जिल्ला अदालतबाट लागुऔषध सम्बन्धि कसुर मुद्दामा पांच दिनको म्याद थप अनुमतीलिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Spread the love