डेपुटी गभर्नरद्धारा रचित मुलुक आर्थिक समृृद्धिको यात्रामा पुस्तक विमोचन

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्र भत्किएको अवस्थामा सरकारले अर्थतन्त्रका सूचकहरुमा सुधार गर्दै लगेको बताउनु भएको छ । बिहीबार काठमाडौंमा आयोजित नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीद्धारा रचित ‘मुलुक आर्थिक समृृद्धिको यात्रामा’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधनमन्त्री ओलीले ध्वस्त भएको अर्थतन्त्रलाई माथि उठाउन सरकार सफल हुँदै गएको बताउनुभएको हो । उहँले देशको अर्थतन्त्रमा क्रमश सुधार हुँदै गएको अवस्थामा वित्तीय क्षेत्रमा कार्यरत व्यक्तिबाट अर्थतन्त्रका विषयमा पुस्तक लेखिनु र गीत निर्माण हुनुले अर्थतन्त्रमा सकारात्मक सन्देश जाने बताउनुभयो । उहाले देशभक्ति र विकासका कुराहरुलाई जोडेर प्रकाशित गरिएको पुस्तकले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा गभर्नर डा. चिरन्जीबी नेपालले नेपालको अर्थतन्त्र वित्तीय प्रणालीसँग जोडिएका समसामयिक विषयवस्तुबारे लेखिएका विष्लेशणात्मक लेखहरु पस्तकमा रहेकोले वित्तीय क्षेत्रको लागि महत्वपूर्ण हुने बताउनुभयो । उहाँले वित्तीय प्रणालीको वर्तमान अवस्था र भावि कार्यदिशा तर्फको बहसलाई पुस्तकले उजागर गरेको समेत बताउनुभयो । उहाँले वित्तीय साक्षरता, वित्तीय पहुँच, समावेशिकरण लगायतको सामुहिक बहस पुस्तकमा समावेस गरिएकोले बैंकिङ क्षेत्रको विकासमा महत्वपूर्ण हुने बताउनुभयो ।

डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मुलुकको समृद्धि र अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेको अवस्थामा आफुले विभिन्न समयमा लेखेका लेखहरु महत्वपूर्ण हुने अपेक्षा सहित पुस्तक प्रकाशित गरेको बताउनुभयो । उहाँले उच्च आर्थिक विकासको चाहनालाई पुरा गर्न आफ्ना लेखहरुले योगदान पु¥याउने विश्वास समेत व्यक्त गर्नुभयो । पुस्तकमा २०५० साल जेठ देखि २०७६ मंसिर सम्म विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका तीन दर्जन लेखहरु समावेस गरिएको छ । कार्यक्रममा डेपुटी गभर्नर शिवाकोटीद्धारा लिखित ‘समृद्ध नोपल, सुखी नेपाली’ बोलको गीत समेत विमोचन गरिएको थियो ।

Spread the love