तनहुँ । तनहुँमा आज बिहानै मोटरसाइकल दुर्घटना हुँदा आमा–छोराको मृत्यु भएको छ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेल भन्ज्याङमा गण्डकी प्रदेश ०३–००१प०३१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदाआमा–छोराको मृत्यु भएको हो ।
दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको उक्त मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ।
उक्त दुर्घटनामा परेर तनहुँको ऋषिङ गाउँपालिका–६ चालिसे घर भई हालव्यास नगरपालिका–५ पाटन बस्ने १९ वर्षीय सन्दिप आले र ४० वर्षीया मधुमाया आलेको मृत्यु भएको जिल्लाप्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
अत्यधिक बाक्लो हुस्सु लागेको र सोही कारण बाटो नदेख्दा मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।