तरलता अभाव भइरहेको अवस्थामा वाणिज्य बैंकहरुले ब्याजदर बढाउनु स्वभाविक भएनः वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकहरुले ब्याज बढाउनु स्वभाविक नभएको बताउनुभएको छ । बुधवार नेपाल र इण्डोनेशिया एक्स्पो जानकारी कार्यक्रम पश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले वाणिज्य बैंकहरुले ब्याज बढ्दैमा निक्षेप नबढ्ने बताउनु भयो । वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड-१९ पछि तरलता अभावको कारण व्यवसायिक गतिविधि बढाउन र उद्योगको क्षमता बिस्तार गर्न समेत नसकिएको बताउनु भयो । उहाँले पछिल्लो समय रेमिट्यान्स र पर्यटनको क्षेत्रमा भएको सुधारले तरलता अभावमा देखिएको समस्या समाधान गर्न सहयोग हुने बताउनु भयो ।
उहाँले पछिल्लो समय व्यवसायिक गतिविधि बढ्नुपर्ने अवस्थामा तरलता अभावका कारण व्यापारिक गतिविधिहरु खुम्चिरहेको बताउनु भयो ।

Spread the love