वैदेशिक रोजगार व्यवसायीहरूको चुनाव लागेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नेतृत्व गर्नका लागि व्यवसायीहरू विभिन्न प्यानलमा चुनावी मैदानमा होमिएका छन् । विशेषत दुई पोलिटिकल धारको प्यानल बन्ने स्पष्ट देखिएको छ। एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र नेपाली कांग्रेस निकट लोकतान्त्रिक व्यवसायी एसोसिएशन चुनावी मैदानमा उत्रिएका हुन् ।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले निर्विरोध रुपमा अध्यक्षको उम्मेदवार चयन गरिसकेको छ भने एसोसिएसनबाट भने दुईजना अध्यक्षका प्रत्यासी मैदानमा उत्रिएका छन् । एसोसिएसनको संस्थापन पक्षबाट भुवन सिंह गुरुङ अध्यक्षको उम्मेदवार बनेका छन् भने लोकतान्त्रिक एसोसिएसनकै अर्को पक्षबाट कुमुद खनालले पनि अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन्। कुमुद खनाल पक्षले गत निर्वाचनमा बागी उम्मेदवार बनेका गुरुङलाई अध्यक्षको उम्मेदवार बनाइएको विरोधमा छुट्टै प्यानल खडा गरेका हुन् ।
कुमुद खनाल पक्षले विज्ञप्ति प्रकाशित गरी प्यानल साथ चुनावमा होमिने जनाएको छ ।
वैदेशिक रोजगार व्यवसायी मञ्च गणतान्त्रिकले मञ्चका पूर्व अध्यक्ष रामप्रसाद भान्त्वतनालाई अध्यक्षको उम्मेदवार बनाएको छ । अध्यक्षका उम्मेदवार रामप्रसाद भान्त्वतनालाई वैदेशिक रोजगार व्यवसायी एकता समाजको साथ रहेको वैदेशिक रोजगार व्यवसायी मञ्च गणतान्त्रिको दावी छ।