थला परेका व्यवसायहरुको पुर्नस्थापनामा सहयोग पुग्नेगरी मौद्रिक नीति आउने
नेपाल राष्ट्र बैंकले कोभिडका कारण थला परेका व्यवसायहरुको पुर्नस्थापनामा सहयोग पुग्नेगरी मौद्रिक नीति ल्याउने भएको छ । कोभिडको संक्रमणका कारण मारमा परेका व्यवसायीहरुले आफ्नो व्यवसायलाई निरन्तरता दिन सक्ने गरी नीतिहरु ल्याउने तयारी राष्ट्र बैंकले गरेको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिडका कारण कसैलेपनि व्यवसाय बन्द गर्नुपर्ने अवस्थाको अन्त्य गर्नेगरी नीतिहरु बन्ने बताउनुभयो ।
अहिले अति प्रभावित, मध्यम प्रभावित कम प्रभावित व्यवसायहरुको विश्लेषण भइरहेको उल्लेख गर्दै उहाले भन्नुभयो, मौद्रिक नीतिका पनि आफ्नै सीमा छन सबै कुरा यसैले निराकरण गर्न सक्दैन् । यसले गर्न सक्ने मौद्रिक नीति अथवा यस भित्रको वित्तीय क्षेत्रसँग सम्बन्धित नीतिले जुन हद सम्मको उपचार दिन सक्छ त्यो उपचारमा हामी त्यहाँभित्र आफ्नै किसिमको प्राथमिकिकरण गरेर उपचार खोज्छौं ।
सरकारले आगामी आर्थिक वर्ष ७ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरेपनि कोरोनाको अनिश्चितता नहट्दा सम्म कुनै पनि कुराको टुंगो नहुने उहाँले बताउनुभयो । कोरोना संक्रमणको जोखिम शून्यमा पुगेपछि बजार सञ्चालनमा आएमात्रै सरकारले लिएका लक्ष्यहरु प्राप्त हुने उहाँले बताउनुभयो । उहँले भन्नुभयो, अहिले आफैमा पनि बजारमा प्रसस्त तरलता छ । बैंकिङ संस्थाहरुसम्म लिक्विड इन्सट्रुमेन्टहरु पनि त्यतिकै छ । भोलि रिफाइनान्स लागयतबाट पनि ठूलो रकम सपोर्ट गर्दै छौं केही छोटो समयलाई भएपनि त्यसले पनि ठूलो सहयोग गर्ने छ । त्यसले गर्दा त्यो लक्ष्य प्राप्त गर्नलाई यो कोभिड बेलैमा गइदियो भने त्यति ठूलो कुरा पर्दैन जस्तो मलाई लाग्छ । बजार चलायमान भएपछि बैंकिङ सिस्टममले पनि प्रसस्त तरलता दिने र त्यसपछि व्यवसायिक कृयाकलापहरु बढ्दै जाने उहाँले बताउनुभयो ।