काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले देशको विकासको गति तिव्र रुपमा अगाडि बढाउन आवश्यक रहेको बताएका छन् ।
आइएमई लिमिटेडको २५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आइएमई लिमिटेडले विगतदेखि नै देशको विकासमा योगदान गर्दै आइरहेको भन्दै आगामी दिनमा पनि योगदानको निरन्तरता रहने विश्वास व्यक्त गरे ।
त्यस्तै उनले प्रायजसो कम्पनीहरु चँडै बन्दहुने अवस्था रहेकोमा आइएमई लिमिटेड २५ वर्षसम्म चल्नुपनि ठूलो कुरा रहेको धारणा राखे ।
त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आइएमई लिमिटेडलाई रेमिट्यान्समा मात्र सिमित नराखेर अन्य विभिन्न क्षेत्रहरुमापनि प्राथमिकता दिइएको बताए ।
आइएमई लिमिटेडको यो सम्भावना होला भनेर सुरुवाती चरणमा कसैले पनि नसोचेको भन्दै अहिले लोकप्रिय हुन सफल भएको बताए ।