देशको समृद्धि र सुशासनको पक्षमा काम गर्ने उम्मेदवारलाई जिताउनुस्ः अध्यक्ष गोल्छा

नेपाल उद्योग वाािण्ज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मतदान गर्नुभएको छ । उहाँले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ को सीतापाइला मा.वि.स्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले देशको समृद्धि र सुशासनको पक्षमा काम गर्ने उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभयो । उहाँले देशमा समृद्धि ल्याउनसक्ने विश्वास बोकेकाहरुलाई जिताउन आवश्यक रहेको बताउनु भयो । अध्यक्ष गोल्छाले मतदानको अधिकार संविधानले दिएको नैतिक र कानूनी जिम्मेवारी भएकाले सबैले आफ्नो अधिकारको प्रयोग गर्न अनुरोध गर्नुभयो ।
अध्यक्ष गोल्छाले देशलाई परिवर्तन गर्नसक्ने नेतृत्वको चयनका लागि सबै उपस्थित भएर मतदान गर्न आग्रह गर्नुभयो । आज एकै चरणमा देशभर प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । आज बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म मतदान गर्न सकिनेछ ।

Spread the love