राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले परीक्षण बढाउनुपर्ने, विदेशमा अलपत्र नेपालीहरुको उद्धार गर्नुपर्ने, सम्पूर्ण प्रदेशमा आवश्यक स्वास्थ्य उपकरणको उचित व्यवस्था गर्न माग गरेका छन् । सांसद हरिराम चौधरीले सुदूरपश्चिमको स्वास्थ्य सेवाको अवस्था दयनिय रहेको बताउनुभयो । अहिले संक्रमित नभएपनि भारतबाट रोजगार गुमाएका नागरिकहरुको लुकिछिपि फर्किने क्रम नरोकिएकाले भोली समस्या हुन सक्ने उहाले बताउनुभयो । प्रदेशभरी ५, ६ वटा मात्रै आइसियुसहितका भेन्टिलेटर भएपनि त्यो पर्याप्त नभएको उहँले बताउनुभयो । प्रदेशमा कोरोनाका विरामी मात्रै नभएर अन्य विरामीहरु पनि समस्यामा रहेको उहाले बताउनुभयो उहाँले प्रदेशमा पीसीआर परीक्षणको दायरा बढाउन आग्रह गर्नुभएको छ ।
सांसद जितेन्द्र नारायण देवले कोरोना भाइरसका विदेशमा अलपत्र नागरिकको तत्काल उद्दारका गर्न आग्रह गर्नुभयो । प्रतिपक्षी दलले पूर्वाग्रही ढंगले विदेशमा रहेका नेपाली मुद्दा उठाइहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको खण्डन गर्दै उहाले जनताको बा“च्न पाउने अधिकारको संरक्षण गर्न आग्रह गर्नुभयो । सांसद शेखर कुमार सिंहले स्थानीय तहहरुमा व्यवस्थित क्वारेन्टाइनको संख्या बढाउन माग गर्नुभएको छ । स्थानीय तहहरुले क्वारेन्टाइनमा नपठाएर भारतबाट आएकाहरुलाई सीमा नाकामा टहरा बनाएर राख्ने गरेको उहाँले बताउनुभयो । अहिले धान र मकै रोप्ने समय भएकाले उन्नत विउ, मलको समयमै व्जयवस्थापन गर्न पनि उहाँले माग गर्नु भएको छ ।