देश विकासको लागि सक्षम नेतृत्व चयन गर्ने अवसर नगुमाऔंः निर्वाचन आयुक्त पौड्याल

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले मतदान गर्नुभएको छ । निर्वाचन आयुक्त पौड्यालले ललितपुरस्थित टिका विद्याश्रम माध्यामिक विद्यालयबाट मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले आफूलाई तोकिएको मतदान केन्द्रमा गएर निर्धक्क भइ आफ्नो मतदान गर्न आग्रह गर्नुभयो । उहाँले देश विकासको लागि सक्षम नेतृत्व चयन गर्ने यो अवसरलाई नगुमाउन पनि आग्रह गर्नुभयो । निर्वाचन आयुक्त पौड्यालले मतदान गर्न आयोगले तोकेको परिचय पत्र बोकेर जान पनि अनुरोध गर्नुभयो ।
आज देशभर एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ ।

Spread the love

Comment here